news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं १८ बैशाख  : विश्वभर कोरोना भाइरसका कारण २ लाख २७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३१ लख ९० हजार भन्दा धेरै पुगिसकेको छ । उच्च सतर्कताको बावजुद भाइरस तीव्र रुपमा फैलिएको छ । तर संक्रमणपछि मृत्यु हुने भन्दा उपचार हुनेको संख्या दोब्बर भन्दा धेरै छ । अर्थात्, संक्रमण लागेपछि मृत्यु भइहाल्ने सम्भावना भने कम हुन्छ ।

यद्यपि कोरोनाबाट बच्न केही महत्वपूर्ण सावधानी अपनाउनु जरुरी छ । विशेषगरी यसका दुई लक्षण देखिन्छ । ती हुन्, ज्वरो र सुख्खा खोकी । कतिपय अवस्थामा यसले गर्दा स्वास फेर्न पनि समस्या हुन्छ । यसमा बुझ्नुपर्ने कुरा के छ भने, कोरोना भाइरसका कारण उत्पन्न हुने खोकी अन्य खोकी भन्दा भिन्न किसिमको हुन्छ ।

खोकी लगातार आउन सक्छ । एक घण्टा वा त्यस भन्दा पनि धेरै समयसम्म खोकी लागिरहन सक्छ । २४ घण्टाको अवधिमा कम्तिमा पनि तीन पटक यसरी लगातार सुख्खा खोकी लाग्न सक्छ ।

यस्तै कोरोना भाइरसका कारण शरीरको तापक्रम ३७ दशमलब ८ डिग्री लेल्सियससम्म बढ्नसक्छ । जसले गर्दा शरीरमा ज्वरो आउँछ । साथै यस्तो अवस्थामा जाडो महसुश पनि हुनसक्छ । शरीर काँप्ने र शरीर गल्नसक्छ ।

यसवाहेक टाउको दुख्ने र पखाला पनि लाग्नसक्छ । पछिल्लो केही अनुसन्धानका अनुसार यस्तो बेला केही खानाको स्वाद पनि महसुश नहुने बताइएको छ । साथै गन्भ पनि थाहा नपाउने अवस्था हुन्छ । यस्ता लक्षण पाँच दिनसम्म पनि देखिन सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस मानव शरीरमा १४ दिनसम्म रहनसक्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

कोरोना भाइरस संक्रमण लागेका अधिकांशलाई आराम र प्यारासिटामोल जस्ता दुखाइ क मगर्ने औषधिले पनि ठीक भएको छ । अस्पताल जानुपर्ने अवस्था त्यतिबेला हुन्छ जतिबेला स्वास फेर्न समस्या आउँछ । यसका लागि हाल महामारीलाई मध्यनजर राख्दै विभिन्न देशका सरकारले हटलाइन टेलिफोन सेवा पनि उपलब्ध गराएका छन् ।

-बिबिसी हिन्दीबाट

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514363
Today
Yesterday
This Week
Last Week
This Month
All days
517
573
3729
1501303
14718
1514363

Your IP: 216.73.216.1
2025-05-25 19:02

Facebook Live Feed