news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

बैशाख, २० -नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयले रूपन्देही र बाँकेमा एक-‍एक जना सङ्क्रमित भेटिएको शुक्रवार अपराह्ण जनाएको छ।

यससँगै नेपालमा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या ५९ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रूपन्देहीमा २५ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषमा कोभिड-१९ पुष्टि भएको हो।

उनीहरू दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले बताएको छ।

नेपालमा अहिले २३,००० जनाभन्दा बढी मानिस क्वारन्टीनमा छन्।

तीमध्ये सर्वाधिक प्रदेश नं ५ मा भएको सरकारको तथ्याङ्कले देखाउँछ।

अहिलेसम्म सातमध्ये कर्णालीबाहेक छवटा प्रदेशमा सङ्क्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पीसीआर विधिबाट १२,००० भन्दा बढी परीक्षण गरिएको जनाएको छ।

सबैभन्दा बढी सङ्क्रमित व्यक्ति प्रदेश नं एक र त्यसपछि प्रदेश नं २ मा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ८० जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखेर उपचार गरिँदैछ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1526753
Today
Yesterday
This Week
Last Week
This Month
All days
39
110
4342
1509570
12183
1526753

Your IP: 216.73.216.25
2025-06-15 07:32

Facebook Live Feed