news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

वीरगञ्ज  २१ वैशाख । वीरगञ्जको नारायणी अस्पतालमा सामान्य रोगको उपचार सुरु गर्न माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । हाल यो अस्पताल कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएकाले यहाँबाट सर्वसाधारणले पाइरहेको अन्य सेवा बन्द गरिएको छ ।

नेपाली काँग्रेस पर्साले नारायणीमा बन्द गरिएका सबै जनरल सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । लकडाउनकै अवस्थामा आइतबार बिहान ११ः३० देखि १२ बजेसम्म काँग्रेसले प्रदर्शन गरेको हो । अस्पतालदेखि विर्ता चोकसम्म दुईवटा लाइनमा बसेर आधा घण्टा विरोध प्रदर्शन गरिएको काँग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए ।

प्रदर्शनमा सहभागीले नारायणी अस्पतालमा जनताको स्वास्थ्य उपचार पूनः सुरु होस, नारायणी अस्पताललाई जोगाऔं, कोरोना अस्पताल अन्तै व्यवस्था गरौं लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । काँग्रेसका पर्सा सभापति अजय द्विवेदी तीन तहका सरकारबीच समन्वय नहुँदा वीरगञ्जका जनता मर्कामा परेकोले प्रदर्शनमा उत्रिएको बताउँछन् । ‘तीन सरकारको तीन वटा निर्णय छ । सबैले खेलाँची गरेका छन् । देखाउने काम मात्रै भएको छ’ उनले भने, ‘पीडित यहाँका जनता छन् । पीडित जनताको मुखरित गर्नका लागि लकडाउनमा पनि सडकमा ओर्लेका हौं ।’

माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने उनले बताए । ‘भोको पेट पानी नखाएर रमजानको महिनामा साथीहरु सडकमा आउनुपरेको छ । सरकारले सुनेन भने थप आन्दोलनका कार्यक्रम ल्याउँछौं’ पटेलले भने । प्रदर्शनमा नेताहरु सुरेन्द्र चौधरी, राजेन्द्र बहादुर अमात्य, राजु गुप्ता  प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, राजेश्वर साहलगायत सहभागी गिए ।

नारायणीमा हाल ८ जना कोरोना संक्रमित उपचाररत छन् । कोरोना उपचारपछि घर फर्किएका रौतहटका एक युवकलाई पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार यहीँ ल्याइएको छ । नारायणी अस्पतालबाट पाइने स्वास्थ्य सेवा नेशनल मेडिकल कलेजमा सारिएको छ । निजी अस्पताललाई प्रोत्साहन दिने उद्देश्यले सरकारले नारायणीलाई कोभिड अस्पताल बनाएको प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा बताउँछन् ।

‘गरिब नागरिक एनएमसी, बयोधा, एडभान्समा जान सक्दैनन् । यसो हुँदा हुँदै पनि निजी अस्पताललाई प्रोत्साहन दिन खोजिएको छ’ उनले भने ‘बारम्बार आग्रह गर्दा पनि नारायणीलाई नै कोभिड अस्पताल बनाउन चलखेल भएको छ । त्यसैले विरोधमा उत्रिएका हौं ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514305
Today
Yesterday
This Week
Last Week
This Month
All days
459
573
3671
1501303
14660
1514305

Your IP: 216.73.216.65
2025-05-25 17:22

Facebook Live Feed