news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं २२ बैशाख । नेपालमा आइतबार एकैदिन १६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्यमन्त्रालयका अनुसार नेपालगञ्जमा १५ र वीरगन्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एकैदिन १६ जना संक्रमित भेटिएको यो पहिलो पटक हो। यसअघि बैशाख ५ गते उदयपुरमा १२ जना र चितवनमा २ जनामा गरि एकैदिन १४ जनामा संक्रमण पुष्टि भएको थियो। उक्त दिनको तथ्यांकलाई आज भेटिएका नयाँ घटनाक्रमले उछिनेको छ। पछिल्लो तथ्यांक सहित मुलुकभर अब कोरोना पोजेटिभ पुष्टि भएकाको संख्या ७५ पुगेको छ। जसमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन। हालसम्म कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा कोरोना पुगेको पुस्टि भएको छ। १४ जिल्लामा कोरोना फैलिएको संक्रमणका घटनाले देखाएको छ।
स्वास्थ्य मन्त्रालयले हालसम्म पिसिआरविधिबाट १३ हजार र आरडिटी विधिबाट ४९ हजार बढिको परिक्षण गरेको जनाएको छ। आरडिटी परिक्षण विधिको परिक्षणबारे विज्ञहरुले प्रश्न उठाउँदै आएका छन्। विगत ४१ दिन देखि जारी लकडाउनको अवधिमा देशभर भएको यो परिक्षणको संख्या ज्याँदै न्युन हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस भए/नभएको पत्ता लगाउँन पटक पटक भन्दै आएको छ, 'परिक्षण बढाउ ,,परिक्षण बढाउ...परिक्षण बढाउ'! तर,धेरै सरकारहरुले अझै परिक्षण बढाएका छैनन्। 'लकडाउन'लाई मात्र उनीहरु हतियार बनाइरहेका छन्। अमेरिका लगायताका विकसित देशमा व्यापक परिक्षण गर्ने गरिएको छ। तथ्यांक अनुसार अमेरिकामा दैनिक १ लाख बढि मानिसको परिक्षण हुने गरेको छ। विकसित देशहरुले व्यापक परिक्षणपछि कोरोना नरहेको क्षेत्रमा सामाजिक दुरि कायम राख्दै जिवनचर्यालाई सामान्य बनाउँदै गएका छन्।
dainikonline

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514335
Today
Yesterday
This Week
Last Week
This Month
All days
489
573
3701
1501303
14690
1514335

Your IP: 216.73.216.154
2025-05-25 18:13

Facebook Live Feed