काठमाडाैँ ,२९ वैशाख। नेपालमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
केन्द्रीय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरि थप १३ जना मा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
याेसँगै नेपालमा काेराेना सैक्रमितकाे संख्या १३४ पुगेकाे छ ।