news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, बैशाख २९ – पत्रकार माथि पर्सा प्रहरीको दुव्र्यवहार बढ्दै गएपछि पर्साका पत्रकारहरु आन्दोलित भएका छन् ।

श्रंखलाबद्ध तवरले प्रहरीले सञ्चारकर्मी तथा पत्रकारहरुलाई ज्यादति गर्न थालेपछि पत्रकार महासंघ प्रदेश न. २ तथा पर्सा शाखाका पदाधिकारीहरुको उपस्थितीमा विरोध जनाइएको छ ।

सामुदायिक रेडियो नारायणी एफ एम तथा नयाँ पत्रिकाका पर्सा जिल्ला संवाददाता तिवारी यादबलाई आइतबार पर्सा प्रहरीले बिनाकारण पक्राउ गरी ५ घण्टा पछी छोडेको थियो । यस्तै एक साता अघि पनि पर्सा प्रहरीले तीन जना पत्रकारलाई सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको विषयलाई लिएर धार्मीक सहिष्णुता विगार्न खोजेको आरोप लगाउँदै नियन्त्रणमा लिएको थियो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रवाह नगरी नागरीकलाई सत्य तथ्य सुचना सम्प्रेषण गर्नका लागि अहोरात्र खटिने सञ्चारकर्मी तथा पत्रकारमाथि नै दुव्र्यवहार बढेपछि पत्रकारहरु आन्दोलित भएका हुन् । पत्रकार तिवारी यादवमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्दै माफी माग्ने माग गर्दै पर्सेली पत्रकारहरु आन्दोलित भएका हुन् ।

झरीको प्रवाह नगरी पानीमा भिज्दै घण्टाघरमा सामाजिक दुरीको पालना गर्दै गरिएको विरोध कार्यक्रममा पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, महासंघ पर्सा शाखा सभापति श्याम बन्जारा, प्रेस युनियन पर्सा अध्यक्ष रामनारायण कुर्मी, समाजवादी प्रेस युनियन पर्सा संयोजक आरके पटेललगायतले प्रेस स्वतन्त्रताको हस्तक्षेप भइरहेको प्रति आपत्ति जनाएका थिए ।

‘कोरोना महामारीको समयमा पनि आफ्नो ज्यान जोखिममा राखेर समाचार सम्प्रेषण गर्न फ्रन्टलाइनमा खटिरहेका पत्रकारमाथि दुर्वायाहार गर्नु दुर्भाग्यपूर्ण छ,’ नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले भने, ‘पत्रकारको मनोवल बढाउने स्थानमा बिनाकारण हिरासतमा राख्नु गलत हो, दुर्वायाहार हामी सहेर बस्दैनौं ।’

प्रहरीको यस्तो रबैयाका कारण यस्तो विषम परिस्थितीमा पनि निरन्तर सुचना सम्प्रेषण्मा खटिएका पत्रकार तथा सञ्चारकर्मीको मनोबल खस्किएको हुँदा मनोबल बढाउने बेलामा घटाउने प्रवृतिको सम्पुर्ण पत्रकारहरुले भत्र्सना गरेका छन् ।

साथै पत्रकार महासंघ पर्साले पर्सा प्रहरीको समाचार पनि बहिष्कार गर्ने निर्णय समेत गरेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514425
Today
Yesterday
This Week
Last Week
This Month
All days
579
573
3791
1501303
14780
1514425

Your IP: 216.73.216.210
2025-05-25 21:07

Facebook Live Feed