news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, जेठ ५ – बैशाख ३० गते देखि पर्सामा लगाइएको निषेधाज्ञा भोलिबाट अन्त्य हुँदै छ । पर्साको स्थानिय प्रशासनले विभिन्न सरोकारवाला निकायसँग सोमबार गरेको बैठकले विभिन्न निर्णयहरु गर्दै मंगलबारबाट निषेधाज्ञा अन्त्य गर्दै लकडाउनमा थप कडाई गर्ने जनाएको छ ।

त्यसैगरि स्थानीय प्राशासनले वीरगञ्ज बजार खोल्ने नयाँ समय तालिका सार्वजनिक गरेको छ । प्रशासनले अब वीरगञ्जको बजार बिहा ८ :३० बजे सम्म मात्र खोल्ने दिने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक वस्तुहरु (जस्तो खाद्यन्न, किराना, दुध, ग्याँस, पानी आदि) को बिक्री वितरण गर्ने पसलहरु मात्र विहान जतिसक्दो सबेरैदेखि बिहान ८ः३० बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको हो । औषधी पसल भने जुनसुकै समयमा पनि खोल्न मिल्ने प्रशासनले जनाएको छ ।

तर प्रशासनले वीरगञ्जको मुख्य बजारक्षेत्रमा भने बिहान ६ बजेदेखि साँझ ७ः३० बजेसम्म खाद्य किराना पसलहरुसमेत खोल्न नदिने निर्णय गरेको छ ।

त्यसैगरि प्रशासनले एम्बुलेन्स, खानेपानी, विद्युत, टेलिफोन मर्मत सम्भारको लागि प्रयोग हुने सवारी साधन, स्वास्थ्यकर्मी बोक्ने सम्बन्धित अस्पतालका यात्रुवाहक सवारी साधन, फोहरमैला व्यवस्थापनमा खटिने जनशक्ति बोक्ने सवारी साधन, औषधी, दुध, पानी पेट्रोलिय पदार्थ ढुवानीका सवारी साधन तथा भन्सारबाट विभिन्न जिल्लाका लागि छुटेका अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधन तथा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक कार्यको लागि सवारी अनुमति पत्र प्राप्त गरेका सवारी साधनहरुबाहेक अन्य सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइने प्रशासनले जनाएको छ ।

प्रस्शासनले वीरगञ्जको मुख्य सडक पावर हाउस चोक देखि रजत जयन्ती चोकसम्म बिना अनुमति कुनै किसिमको सवारी साधनलाई चलन नदिने निर्णय समेत गरेको छ ।

त्यसतै बैठकले भिडभाड नहुने तथा कामदार, कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्नेदेखि तोकिएका सबै स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड र शर्त पालना गर्ने औषधी, खाद्यान्न जस्ता अत्यावश्यक उद्योगहरु संचालन गर्न दिने निर्णय गरेको छ ।

लकडाउनको अवज्ञा गर्न खोजे प्रचलित कानुन अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514465
Today
Yesterday
This Week
Last Week
This Month
All days
619
573
3831
1501303
14820
1514465

Your IP: 216.73.216.8
2025-05-25 22:18

Facebook Live Feed