news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज  ७ जेठ – बिश्वभर फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड -१९ को महामरीबाट बाच्नको निमित सरकारले नेपाल अधिराज्य भरी गरेको लकडाउनको अज ५८ औ दिन पूरा भएको छ l

यस अवधिमा सरकारले लकडाउन लम्बयाउन र निषेधआज्ञा जारी गर्नमा मात्र ब्यस्त देखिएको अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.सी ) पर्साका अध्यक्ष अकलेश साहले आरोप लगाएका छन l उनले जनताको समस्या समाधान गर्नु भन्दा केन्द्र,प्रदेश सरकार तथा स्थानीय प्रसाशन र जनप्रतिनिद्धि जनतालाई मात्र पीड़ा नै पीड़ामा धकेलिन्ने काम गरेको नेता साहले टिप्पणी गरेका छन l

यो समय अवधि सम्म सरकारको निर्देशनलाइ लतमर्दन गर्दै स्थानीय तहका जनप्रतिनिधिहरुले माहामरीको चपेटामा परेका पीड़ित जनतालाइ राहत बाडनु भन्दा मात्रा आफना भोटर-सपोटलाइ राहतको नाउमा राजनितिको खेती गरेको र पीड़ित जनतालाई उपेक्षित गरेको समेत उनले आरोप लगाए l

अध्यक्ष साहले स्थानीय जनप्रतिनिधि अहिलेको समयमा जनतालाई साहनुभूति दिनुको साटो उल्टै तैले मलाई भोट नदिएकोले तिमहरुलाई राहत कसले दिनेहो भन्ने मेरो जिम्मेवारी नभएको बताई रहदा जनताको दुःख सुनेपछि धेरै दुःख लागेको उनले दुखेशो ब्यक्त गरे l

एका तीर आफुले नै चुनेको जनप्रतिनिधिबाट उपेक्षित हुनु र अर्कातीर स्थानीय प्रहरी प्रसाशनबाट दिनदहाडै लकडाउनको उलंघन गरेको भन्दै निहुमा निहाता,निमुखा,सिधासदा जनतामाथी दुर्ब्याव्हार गरिरहेको अध्यक्ष साहले बताए l

उनले बढ़ी गरी स्थानीय स्तरमा कृषकले लगाएको बीभिन्न किसिमको नागदेबालिको रुपमा रहेको तरकारी खेतमा नै कुहिने गरेको र एता बीरगंज लगायत सहरी क्षेत्रका जनताहरूले चर्को महँगो मूल्य तिरेर दोस्रो मुलुक भारतबाट आएको तरकारिलाई किन्न बाध्य भएको बताए l

उनले स्थानीय स्तर गाउ घरमा लगाइएको तरकारीलाई उचित ब्यवस्थापन गरिदिए र उक्त तरकारीलाई एता सहरी क्षेत्र सम्म पुर्यादिएको भए बिभिन्न ठाउबाट आई बीरगंज लगायतको सहरी क्षेत्रमा बसोबाश गरेका जनतालाई केही राहत हुन्थ्यो की जिज्ञासा ब्यक्त गरे l

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514456
Today
Yesterday
This Week
Last Week
This Month
All days
610
573
3822
1501303
14811
1514456

Your IP: 216.73.216.40
2025-05-25 21:52

Facebook Live Feed