वीरगञ्ज, जेठ १२ – वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले वीरगञ्जस्थित नारायणी असपतालको जनरल सेवा ७२ घण्टा भित्र सुरु हुने जनाएका छन् ।
नगरप्रमुख सरावगीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै यस्तो बाएका हुन् ।
मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुक हेण्डलबाट आज नारायणी असपतालमा उपचारत सम्पूर्ण कोरोना संक्रमितहरु डिस्चार्ज भएको बताउँदै छिटै नारायणी अस्पतालको आपतकालीन सेवा सहित अन्य सम्पूर्ण सेवाहरु पुन: सुरु हुने बताएका छन् ।