news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

जेष्ठ १६ - विरगंज नगरमा रहेका सुधार गृहहरुले जेष्ठ १३ गते मंगलबार देखि शुरु गरिएको सहायता अभियानमा “मानव सेवा” मुल नारा सहित नेतृत्व गरिएको यस सहायता अभियान निरन्तर आज पनि संचालनमा रहेको छ ।


लकडाउनको समयमा विरगंज क्षेत्रमा रहेका गैरआवासिय यातायात मजदुरहरुले खाद्यन्न सामाग्री चामल,दाल पाइरहेको तर अन्य सामाग्रीहरुको अभावमा अव्यवस्थित तथा दुःख पाईरहेको देखेर यो अभियान शुरु गरिएको रिकभरिङ्ग नेपालका महासचिव तथा आस्था नेपाल अध्यक्ष तथा विरगंज क्षेत्रकै लोकप्रिय सामाजिक अभियन्ता श्री गौरभ वर्माले भन्नुभयो । यसै अभियान मार्फत यस सेवालाई व्यवस्थित बनाई निरन्तर आगामी एक महिना सम्म सेवा दिने लक्ष्य राख्दै, सहयोगी दाताहरुको अपेक्षा राख्दै यि ८० जनालाई सेवा दिने लक्ष्य रहेको बताए ।
लागु औषध तथा मादक पदार्थका दुव्र्यसनमा फसेका व्यक्तिहरुलाई उपचार दिई समाजमा पुर्नस्थापित गराउने, समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेतापनि यस “मानव सेवा” सहायता अभियानले उनीहरुलाई हेर्ने दृष्टिकोणलाई सकारात्मकता तर्फको साक्षात्कार गरिरहेको कुरा स्थानिय अभियान्ताहरु अनिल सिंह, अजय श्रेष्ठ, राजेश शाक्य, हरि जीले जानकारी दिनुभयो ।
यि संस्थाहरुले समाजमा रहेका दुव्र्यसनीहरुलाई उपचार दिई पुर्नस्थापित गराउँदै सभ्य समाजको निर्माणमा योगदान दिएको र यस महामारी विपदको समयमा यस्तै सेवा, अभियानहरुको अगुवाई पटक पटक गरिरहेको देख्न सकिन्छ ।

 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506125
Today
Yesterday
This Week
Last Week
This Month
All days
568
1607
4998
1494645
6480
1506125

Your IP: 18.216.82.12
2025-05-10 07:50

Facebook Live Feed