वीरगञ्ज १९ जेठ । आज वीरगञ्जका व्यवसायीहरु लकडाउन खोल्नु पर्ने माग गर्दै सडकमा निकलियेका छन् । लकडाउनका कारण व्यपार व्यसाय पूर्णरुपले चौपट भएपछी आवश्यक सुरक्षा सावधानी सामाजिक दुरी कायम गर्दै बजार सञ्चालन गर्न माग राख्दै व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।
लकडाउनको विरोधमा आइतबार व्यसायीहरुले वीरगञ्जको माइस्थान चोकमा प्रदर्शन गरेका छन् । सामाजिक दुरीलाई कायम राख्दै प्लाकार्ड बोकेर व्यसायीहरुले लगभग १ घण्टा भन्दा पनि बढि समयकालागी धर्ना दिएका थिए।
व्यवसायीहरुले लकडाउन मोडालिटी परिवर्तन गरेर खुकुलो पार्न माग गरेका छन् । विश्वका विभिन्न मुलुकहरुले लकडाउनको मोडालिटी परिवर्तन गरेर बजार व्यवसायलाई क्रमस सुरु गरिरहेको बेला नेपाल सरकारले लकडाउन थप्दा आफुहरु मार्कामा परेको व्यसायीहरुको गुनासो छ ।
‘