बिरगंज जेष्ठ २४- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ रोगका कारण देशमा जारी लकडाउनले रोजगारी गुमाएका, सडक बालबालिका तथा वेसाहाराहरुको साहाराको रुपमा विरगंज क्षेत्रमा खाना खुवाउने अभियान संचालन भएको छ ।
आज ड्राइपोट क्षेत्रका अलपत्र परि भोक भोकै बस्न बाध्य भएका करिब ६० जना व्यत्तिहरुलाई खाना खुवाइएको जानकारी आस्था नेपालका अध्यक्ष बर्माले दिनुभयो ।
मोबाइल फिडीङ अभियानले आवश्यक क्षेत्रमा नै खानाको व्यवस्था गरेको छ ।
विरगंज क्षेत्रका सकृय संस्थाहरु आस्था नेपाल, निता फाउन्डेसन, राईजिङ नेपाल, गौतम स्कुलको सकृय सहभागितामा सडक कहि कतै खाना खान न पाएर भोकै बस्नु पर्ने स्तिथी नहोस् भनेर मोबाइल फिडीङ अभियान संचालन गरेको कुरा आस्था नेपालका अध्यक्ष तथा विरगंज क्षेत्रकै लोकप्रिय सामाजिक अभियन्ता श्री गौरभ वर्माले भन्नुभयो ।
अभियानलाई मानव सेवामा समर्पित र व्यवस्थित गर्नका लागि परेका युवाहरुको समूहले सेवालाई निरन्तर आगामी दिनहरुमा पनि संचालन गर्न सहयोगी हातहरुको आवश्यकता रहेको कुरा जनाए ।
विरगंज क्षेत्रको कुनै पनि स्थानमा अलपत्र परि भोक भोकै बस्न बाध्य भएका व्यत्तिहरु देख्नु भएमा यि सक्रिय संस्थाहरुमा खबर गरिदिन अनुरोध गर्दै सहयोगी हातको अपेक्षा राख्नु भयो ।
#आस्था_नेपाल-9845552779 #निता_फाउन्डेसन-9807269054 #राइजिङ_नेपाल-9816241577 #मुक्ति -9809152101 #गौतम_स्कुल-9811823346