news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगन्ज ३ साउन । हिजोदेखि हराएका नेशनल हेल्थ केयरका लेखापाल संजय चौधरी आज गण्डक नहरमा मृत फेला परेका छन् । चौधरीको लास गण्डक चौकदेखि पश्चिमस्थित सुपर ग्याँस नजिकै नहरमा तैरिरहेको अवस्थामा आज फेला परेको हो । आज बिहान स्थानीयले नहरमा लास तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीमार्फत जानकारी पाए लगत्तै घटनास्थल पुगेका उनका आफन्तले लासको सनाखत गरेका थिए ।सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं। ८ पोखरिया स्थायी ठेगाना भएका चौधरी बीरगन्ज महानगरपालिका वडा नं। १३ मा परिवारसहित आफ्नै घरमा बस्दै आएका थिए । नेशनल हेल्थ केयरका लेखापाल चौधरी सोही कार्यालयमा कार्यरत श्रीमतीलाई १० मिनेटमा आउँछु भन्दै हिजो करिब बिहान ११ बजे मोटरसाइकलमा बाहिरिएका थिए ।

कार्यालयबाट निस्किएका चौधरी डेरामा पुगेर मोटरसाइकल बाहिर नै राखेर झोलामा केही वस्तु लिएर हतार–हतार हिड्दैं गरेको राधेमाई टोलकै एक पसलको सीसीटिभी फुटेजमा देखिएको छ । साँझसम्म पनि चौधरी कहाँ गएका हुन् भन्ने केही पत्तो नलागेपछि आफन्तले वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालयमा समेत खोजतलासका लागि निवेदन दिएका थिए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको र चौधरीको लास पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मनोजित कुँवरले जानकारी दिए ।

yatradaily 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514517
Today
Yesterday
This Week
Last Week
This Month
All days
29
642
671
1505634
14872
1514517

Your IP: 216.73.216.192
2025-05-26 00:47

Facebook Live Feed