news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १० श्रावन । पर्सामा शुक्रबार साँझ फेरि ९ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ । शुक्रबार साँझ मृत्यु भए पश्चात कोरोना पुष्टि भएकी १७ वर्षीय युवतीसहित ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

 संक्रमित ५ देखि ५२ वर्षका रहेका छन् । एक जना संक्रमित रौतहटका पनि रहेका छन् । शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको अघिल्लो दिन साउन ८ गते स्वाव संकलन गरिएको थियो ।

पोजेटिभ केसहरू कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका, क्वारेन्टाइनमा रहेका तथा केहीको स्वेच्छामा चेकजाँच गराउँदा पहिचान भएको उनले जानकारी दिए । संक्रमितहरुमध्ये अधिकांश कुनै पनि ट्राभल हिस्ट्री नरहेकोे बस्नेतको भनाई छ ।

यस्तै, हाल नारायणी अस्पताल अन्र्तगत गण्डक कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितहरुमध्ये धेरै लक्षणसहितका रहेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए । संक्रमितहरुमध्ये हाल जटिल प्रकृतिका ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ भने पर्सामा कोरोनाका कारण मुत्यु हुने संख्या ४ पुगेको उनले बताए ।शुक्रबार बारा परवानीपुरकी युवतीमा मृत्यु पश्चात कोरोना पुष्टि भएपछि पर्सामा कोरोनका कारण मृत्यु हुनेको संख्या ४ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514556
Today
Yesterday
This Week
Last Week
This Month
All days
68
642
710
1505634
14911
1514556

Your IP: 216.73.216.124
2025-05-26 02:29

Facebook Live Feed