news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

वीरगंज श्रावण ११ : कोभिड १९ संक्रमणबाट एक जना व्यापारीको मृत्यु भएको छ। वीरगंजको आर्दशनगरका ६५ वर्षीय बृद्धमा शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिवार राति साढे ७ बजे भर्ना गरिएको थियो।

उनी पहिलादेखि मुटु रोग र मधुमेहका बिरामी रहेको स्वास्प्रस्वासमा समस्या देखिएपछि उनको  गण्डक अस्पतालमा राति भर्ना भएकोमा राति ११ बजे ईमर्जेन्सी वार्डमै भेन्टिलेटर व्यवस्थापन गरी उपचार भइरहेको थियो। आइतवार बिहान ६:१० मा उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए।

पर्सामा उनको स्वाब संकलन गरिएको र आज पीसीआर रिर्पोट आउने डा सिंहले बताए। भारतीय नागरिक रहेका वृद्ध व्यापारी वीरगंजको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए। उनी एक सातादेखि शुरुमा नारायणी अस्पतालमा उपचार गराउँदै आएकोमा हाल ज्वरो, सुक्खा खोकी र श्वासप्रवासमा समस्या देखिएको उनको उपचारमा संलग्न डा निरज सिंहले जानकारी दिए।

कारोना रोगको संक्रमण बढ्न थालेपछि शनिबार देखि वीरगंज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ। वीरगंजको नारायणी अस्पतालको अस्थाइ रुपमा ५० शय्या क्षमता भएको कोभिड गण्डक अस्पतालमा शनिवार रातिसम्म ५३ जनालाई भर्ना गरि सकिएको डा. सिहले बताए। वीरगंज महानगरपालिका र पर्साका गाउँपालिकामा गरिएको पीसीआर परिक्षणमा पोजेटिभ देखिएका २८ जनालाई दुइ दिनदेखि घरमै आइसोलेट गरिएको र वैकल्पिक व्यवस्थाबारेमा छलफल भइरहेको उनको भनाइ थियो।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514552
Today
Yesterday
This Week
Last Week
This Month
All days
64
642
706
1505634
14907
1514552

Your IP: 216.73.216.69
2025-05-26 02:03

Facebook Live Feed