news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

११ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो ।

करेन्ट लागेपछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर आएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गर्नु पर्ने भएको छ । शनिबार करेन्ट लागेर वडाअध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिहरुलाई तत्काल परीक्षण गर्नुपर्ने भएको छ ।

‘वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा बस्न भनेका छौं,’ राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले भने, ‘अस्पतालदेखि दाहसंस्कारसम्म वडाध्यक्ष नजिक भएका व्यक्तिहरुको परीक्षणको काम सुरु गराउँदैछौं ।’

संक्रमित वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको मेयर सिंहले बताए । नगरपालिकाकै केही व्यक्तिहरु आजैबाट घरमै क्वारेन्टिनमा बसेको उनले बताए ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचानको र स्वाब संकलनको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

‘कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘संक्रमित वडा अध्यक्षलाई आइसोलेसनमा लग्ने तयारी भएको छ । अन्य रोगको कारण पनि उनको स्वास्थ्यमा समस्या रहेकाले काठमाडौं पठाइने छ ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514550
Today
Yesterday
This Week
Last Week
This Month
All days
62
642
704
1505634
14905
1514550

Your IP: 216.73.216.208
2025-05-26 01:53

Facebook Live Feed