वीरगञ्ज १७ श्रावन । वीरगञ्जमा थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा घर भएकी ५० वर्षीय महिलामा मृत्युपछि कोरोना कोरोना पुष्टि भएको हो ।नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्याय अनुसार नारायणी वयोधा अस्पताल उपचाररत महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
महिलाको मृत्यु शुक्रबार बिहान १० बजेको करिवमा मृत्यु भएको थियो । मृत्यु पुर्व नै कोरोनाको शङ्का लागेर उनको स्वाब परिक्षणका लागि नारायणी अस्पतालको पिसीआर ल्याबमा पठाईएको थियो ।
नारायणीको ल्याबमा उनको स्वाबको नमूना परिक्षण गर्दा शुक्रबार राति उनको रिपोर्ट पोजेटिभ आएको डा. उपाध्यायले जानकारी दिए ।
मृतक महिला निमोनिया र श्वासप्रस्वासको समस्या आएपछि बुधबार नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो । शुक्रवार विहान उनलाई श्वासप्रस्वासमा थप समस्या भएपछी आइसीयुमा भर्ना गरेर उपचार गर्दागर्दै मृत्यु भएको हो । मृत महिलाको शव हालसम्म अस्पतालमै रहेको अस्पतालको प्रशासन शाखाका विष्णु पटेलले बताए ।
उनले महिलाको उपचार गर्दा प्रयोग भएको वार्डलाई शिल गरेर सेनीटाइज गर्ने काम भइरहेको र उपचारमा संलग्न सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल भित्रै व्यवस्था गरिएको क्वारेन्टिनमा राखिएको जानकारी दिए ।
वीरगञ्जमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ व्यक्तिको मृत्यु भएको हो । जसमा रौतहटका १, बाराका २ र एक भारतीय रहेका छन् । श्रावन यता ९ जनाको मृत्यु कोरोनाबाट भएको डा. उपाध्यायले भने ।