जलेश्वर सर्राफ
बिरगंज श्रावन १७
•के बिरगंजको नुन खाने काठमाडौं सरकार नमक हराम भएकै हो त!!!
•बिरगंजबाट वार्षिक रु.१५० अर्बभन्दा बढी कर काठमाडौं जान्छ र बिरगंजले समयभन्दा पहिले नै आफ्नो ट्याक्स टार्गेट पूरा गर्छ!
•यहाँ सम्मकी सुख्खा बन्दरगाहले कोरोना महामारीको बेला पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दैछ!
•बिरगंजको नुन देशको पेटपेटमा जान्छ!
•अहिले बिरगंजका मेयर देखि लिएर संसद समेत कोरोना संक्रमित भैसकेछन,जगदम्बा इन्टरप्राईजेजका सीईओ समेत १०औ जनाको कोरोनाले मृत्यु भईसकेको अवस्थाछ।,अस्पतालमा बेड नपाएर जनताहरु घर-घरमा छट्पटाई रहेका छन,राजविराज देखि,जनकपुर सम्मको स्थिती भयानक तर्फ अग्रसर हुदैछ।, कोरोनाले मृतकको संख्या दैनिक बढोतरी हुदैछ।,स्थिति दिनप्रतिदिन भयावह हुदैछ,जनजन त्रासको माहौलछ।कहालीलाग्दो दिनहरु काट्न कस्तो बाध्यताको सामनाहरु गर्नुपरेकोछ!
•कोरोना महामारीमा अहिलेसम्म प्रदेशहरुमा केन्द्र सरकारको कण्ट्रीब्युसन जीरो बराबर नै छ,थोर बहुत जे जती गरेको छ त्यो प्रदेश र स्थानीय सरकारले नै गरेको छ।कंश-भस्मासुर-कुम्भकरण केन्द्र सरकार कम से कम अब जाग्नु जरुरी छ!
•के काठमाण्डुले बिरगंजलाई जानीजानी चाईनाको वुहान शहर बनाउन खोजेकै हो!
•काठमाण्डु सरकारलाई कहिल्यै कर दिन कन्जुस्याई नगरेको बिरगंजको लागि अहिलेको यो नाजुक परिस्थितिमा पनि काठमाण्डुले करकै अनुपातमा महामारी प्याकेज किन घोषणा गर्न चाह्दैन,कोरोनाले निम्त्याएको यो भयावह स्थिती नियन्त्रण गर्न किन चाह्दैन!
•गोली हान्न कहिल्यै कन्जुस्याई नगरेको ओलीजी ले उपचार गर्न किन कन्जुस्याई गर्दैछन!
•के मधेस आन्दोलनको बेला गोलीले लाश बिछाउने काठमाण्डु सरकार त्यहीँ रणनीति अन्तर्गत नै अहिले कोरोनामा तमाशा हेरेर तराईमा लाश बिछाउने सोच्दैछ!!!