वीरगञ्ज २२ श्रावन । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचार गराई रहेका एक वृद्धको मृत्यु भएको छ ।
आइसोलेसनको आइसीयु कक्षमा उपचार चलिरहेको ५६ वर्षीय पुरुषको बिहिबार बिहान मृत्यु भएको हो । मृतक वृद्धको स्वाब सङ्कलन गरेर पिसिआर परिक्षणको लागी नारायणी अस्पताल गएपनि रिपोर्ट आउँन बाकि रहेको अस्पतालले जनाएको छ ।
मधुमेय र मुटुरोगी वृद्धमा पछिल्लो समय स्वासप्रसावमा समस्या देखिएपछि कोरोनाको शङ्का लागेर उनलाई कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
मंगलबार राती भर्ना भएका वृद्धको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बुधबार रातीदेखि अस्पतालको आइसीयु कक्षको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । बुधबारनै उनको स्वाब परिक्षणको लागी नारायणी अस्पताल पथाइएको गण्डक कोभिड अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले जानकारी दिए ।
आइसीयुमा उपचाररत वृद्धको आज बिहान पौने ८ बजे करिवमा मृत्यु भएको डा. उदय सिंहले बताए । ‘हिजो रातीदेखि उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हामीले उनलाई आइसियुमा सिफ्ट गरेर भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौं । तर आज बिहान धेरै प्रयासको वावजुद हामीले उनलाई बचाउँन सकेनौं,’ डा. सिंहले भने ।मृतक वृद्ध वीरगञ्जका भनिएपनि उनको स्थायी ठेगाना अहिले खुल्न सकेको छैन ।