news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

७ मंसिर, काठमाडौं । काठमाडौंको भोटेबहालका २० वर्षीय लव खड्गीलाई प्रहरीले एक किशोरीको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा पक्राउ गरेको थियो । साइबर ब्यूरोमा यस्ता खाले थुप्रै घटना आइराख्छन्, त्यसैले प्रहरीले यस घटना पनि सामान्य केशहरुमा झैँ छानविन गरिरहेको थियो ।

तर ब्यूरोमा रहेको फरेन्सिक प्रयोगशालामा खड्गीको मोबाइल जाँच गर्दा अनुसन्धान अधिकृतले जे देखे, त्यसले प्रहरीलाई नै चकित बनाइदिएको छ । अहिले प्रहरीले यसलाई गम्भीर घटनाको रुपमा लिएर छानविन गरिरहेको छ । प्रहरीलाई सुरुमा लागेको थियो, ‘खड्गीले फोटोसपबाट नक्कली तस्वीर बनाएर एक जना किशोरीलाई धम्क्याएका होलान् ।’

तर फरेन्सिक जाँचमा एक वा दुई मात्र होइन, ४६ जना किशोरी र युवतीको नग्न फोटो र भिडियो बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ । ब्यूरोका एक अधिकृत अनलाइनखबरसँग भन्छन्, ‘साइबर अपराधका मैले कयौं केशहरु हेरेँ, अहिलेसम्म यस्तो थाहा पाएको थिइन ।’

उनका अनुसार ती भिडियो तथा तस्वीरलाई तुरुन्तै जाँच गरेर वास्तविक भए नभएको पनि परीक्षण गरियो । त्यसक्रममा सबै भिडियो खड्गीलाई सामाजिक सञ्जालबाट तिनै किशोरी तथा युवतीहरुले पठाएको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् । अधिकृतहरुका अनुसार ४५ जनाको फोटो भिडियो कसरी उनको मोबाइलमा भयो भनेर खड्गीसँग सोधपुछ गर्दा उनले केही आफ्नो पूर्वप्रेमिका भएको केहीले इन्स्टाग्राममा पठाएको स्वीकारेका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505716
Today
Yesterday
This Week
Last Week
This Month
All days
159
1607
4589
1494645
6071
1505716

Your IP: 3.140.195.190
2025-05-10 04:03

Facebook Live Feed