news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगञ्ज, जेष्ठ १८ बीरगञ्जका ख्यातिप्राप्त युवा शिक्षकहरुले शनिवारको दिन शिक्षा क्षेत्रमा लकडाउनले सृजना गरेको अनलाइन कक्षाका चुनौति तथा अवसरबारे वृहत अनलाइन छलफल कार्यक्रम जेष्ठ १७, शनिवार, आयोजना गरेका छन् ।

नेपाल एडुकेशन एण्ड क्रिएटिव अर्गनाइजेशन, गुरुकुल कोचिड्ड सेन्टरको आयोजनामा गरिएको अनलाइन कार्यक्रममा विभिन्न विषयहरु अध्ययन अध्यापन गराउँदै आएका पर्सा, बारा, रौतहट, सप्तरी, काठमाण्डौ आदि जिल्लाहरुका शिक्षक शिक्षिकाहरुले उत्साहजनक सहभागिता देखाएका थिए ।

लकडाउन वर्तमान स्थितिमा नखुल्ने, खुले पनि व्यवहारिकरुपमा डब्लुएचओ को मापदण्ड अनुसार शैक्षिक संस्थाहरुको कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न नेपाल जस्तो देशमा लगभग सम्भव नरहेको अवस्थामा अनलाइन कक्षाको विकल्प तत्काल नरहेको कुरामा वक्ताहरुले जोड दिएका थिए । पढेको कुरा विर्सिने, खालि दिमागले बच्चाहरुमाथि मनोवैज्ञानिक असर पर्ने, कुलतमा लाग्न सक्ने, दिमाग सुस्त हुने जस्ता अनेकौ नकरात्मक सोच उत्पन्न हुनसक्ने सम्भावना रहने भएकोले केहि नहुनु भन्दा बरु बच्चाहरुले केहि नयाँ कुराहरु सिकेर आफ्नो खालि समयको सदुपयोग गरेको राम्रो हुने कुरामा जोड दिइएको थियो ।

अनलाइन कक्षाको विचार नयाँ भएको र शिक्षक लगायत विद्यार्थी, अभिभावक, नीति, कार्यविधी, पारिश्रमिक, सुविधाहरु आदि तैयार अवस्थामा नरहेकोले अचानक चुनौतिहरु देखिनु तथा मानिसहरु सहजै यसलाई अस्विकार गर्नु स्वभाविक रहेको तर यसको विकल्प पनि तत्काल नरहेको कुरामा चर्चा चलेको थियो । लामो समय सम्म कोरोना भाइरस सँगै बस्नु पर्ने हुनाले महिनौ सम्म पठनपाठनलाई रोकेर विद्यार्थिहरुलाई मनोवैज्ञानिक असर पार्न नहुने कुरा उठेको थियो । केहि स्कूल सञ्चालक तथा अभिभावकहरु समेतले पारीश्रमिक वा कुनै शुल्क तिर्नु नपरोस् भनी आफ्ना नानीबाबुको कक्षा सञ्चालनमा जानिबुझी आनाकानी गर्ने गरेकोले उनीहरुको भविष्य नै चौपट हुने कुरा पनि चिन्ताको विषय बनेको थियो ।

डिपिएस स्कूलका रञ्जीव आनन्दले बैशाखको पहिलो साता देखि नै अनलाइन कक्षा सञ्चालन गरिएको र शुरुका केहि दिनहरुमा समस्याहरु देखिए पनि अहिले ती समस्याहरु न्यून रहेको र अब त शिक्षकहरुमा हुनैपर्ने गुणको रुपमा अनलाइन कक्षा सञ्चालन गर्न सकिने क्षमता अनिवार्य बन्ने बताए ।

अनलाइन कक्षाले सबै भौगोलिक बाधा अड्चनलाई समाप्त गरेकोले यसलाई शिक्षकले सुअवसरको रुपमा लिनुपर्ने र जति सक्दो चाँडो आफूलाई त्यसको लागि मानसिक तथा प्राविधिकरुपमा तयार गर्नुपर्ने तर्क विज्ञान विषयका शिक्षक अभय मिश्राको छ ।

सरकारले पनि अनलाइन कक्षा प्रोत्साहन गरे स्वरुप सस्तो डाटा उपलब्ध गराएकोले सोको लाभ लिई बुढानिलकण्ठ स्कूलका विद्यार्थीहरुले अनलाइन कक्षा गरिरहेको कुरा शिक्षक रोशन चौधरीले बताए र ढिला गर्नेहरु पछि पर्ने पनि उनको तर्क छ ।

अनलाइन कक्षाले शुरुमा सबैलाई समेट्न नसके पनि यसको विकल्प नआउञ्जेल केहि नहुनु भन्दा केहि भएको राम्रो भनेझै सामाजिक, मनोवैज्ञानिक र प्राविधिकरुपले विद्यार्थी तथा अभिभावकहरुलाई विस्तारै सम्झाउँदै र झिनामसिना समस्याहरुलाई निराकरण गर्दै अगाडि बढ्नुपर्ने कुरा सप्तरीका शिक्षक चन्द्र शेखरले विचार राख्नुभएको थियो ।

जुम अनलाइन प्लेटफार्मबाट कक्षा सञ्चालन गर्दा आफ्नो इमेलसँग जोडिएका गोप्य सूचना तथा जानकारी चोरी हुने गरेको कुरा सार्वजनिक भएपछि शिक्षण सिकाइका लागि विकल्पको रुपमा अन्य प्रभावकारी र धेरै सुविधा भएको प्लेटफार्म माइक्रोसफ्ट टिम रहेको कुरा ठाराब क्याम्पसका लक्ष्मण कुँवरले जानकारी दिए । त्यसैगरी गुगल कक्षा र माइक्रोसफ्ट टिमको पेड भर्सन अर्थात खरिद गरिएको भर्सनमा मात्र सबै सुविधा रहेको कुरा अभय मिश्राले बताउनुभयो ।

स्थानिय स्तर बीरगञ्जबाट शिक्षण सिकाइको प्लेटफार्मको रुपमा पपुलरसिस एकेडेमी एउटा राम्रो विकल्पको रुपमा रहेको दावी दिपेन्द्र कानुले गरे, जसमा निशुल्क र सशुल्क दुबै किसिमको कोर्षहरु वेबिनार, फेस–टु–फेस कक्षा, ग्रुप कक्षा, च्याट गर्न मिल्ने, फ्रेण्ड रिक्वेस्टले जुड्न सकिने, लेसन प्लान गर्न मिल्ने, क्वीजहरु, खेलहरु, भिडियोहरु, ग्यालेरीहरु, कक्षाकार्य, गृहकार्य, आदि अनेकौ टुल्सको मद्दतले जो पनि शिक्षक विद्यार्थीहरुले कुनै पनि स्थानबाट आफ्नै गतिमा पठनपाठन गराउन सकिनेछ ।

समस्याहरुको रुपमा मुख्यत गाउँमा नेटवर्क नलाग्ने, डाटा स्लो र महंगो हुने, डाटाले विद्यार्थीहरु फेसबुक, टिकटाक, आदि चलाउने तर अनलाइन कक्षा गर्नतर्फ आकर्षित नहुने, बिजुली नहुने, धेरै विद्यार्थीहरुसँग एन्ड्रोइड मोबाइल नै नहुने, कक्षामा उपस्थित नहुने, प्रभावकारी नहुने, गृहकार्य जाँच्न नमिल्ने, पढाएको कुरा फेरि रिभिजन गर्न न मिल्ने, पैसा तिर्न नमान्ने, आदि जस्ता समस्याहरु तथा सम्भावित सामाधानहरु माथि सन्दिप कुश्वाहा, अभिशेष, कृष्णा महतो, बिजय केशरी, हरिन्द्र कुश्वाहा, दिवश सिंह ठकुरी, सञ्जीव गुप्ता, अफरोज हवारी, श्याम विकेश, दिपक पटेल, लगायतका शिक्षक वक्ताहरुले जोड दिएका थिए ।

यसरी अनलाइन कक्षा सञ्चालन तर्फ बीरगञ्जका शिक्षकहरुले नेतृत्वकारी भूमिका खेल्ने र यसलाई प्रभावकारी ढंगले शिक्षण सिकाइमा प्रयोग गर्ने कुरा बुझिएको छ ।

करिब ४० जना शिक्षकहरुको सहभागी रहेको उक्त अनलाइन कार्यक्रमलाई शिक्षक अभय मिश्रा तथा संदिप कुश्वाहाले सहजिकरण गरेका थिए । गुरुकुल कोचिन सेन्टरको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको थियो . 

सम्भार www.popularsys.com 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506100
Today
Yesterday
This Week
Last Week
This Month
All days
543
1607
4973
1494645
6455
1506100

Your IP: 3.137.189.49
2025-05-10 07:39

Facebook Live Feed