news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

(लेखकः  ई.रामाशंकर जयसवाल, PhD Scholar in Tribhuwan University

जेष्ठ २१ - मानव सभ्यताको ७० हजार बर्íको ईतिहासमा डिसेम्बर,२०१९ मा चिनको वूहान शहरबाट फैलिएको कोरोना अर्थात कोभिड (१९ ले स्वाईनफलू, विफर, महाभूकम्प, बिश्वयूद्धभन्दा पनि खतरनाक हिसाबले मानवजातिलाई आतंकित बनाई सम्पुर्ण मानव समूदायलाई नै पिंजडाभित्र कैद गरेको अवस्थामा कोभिड (१९ ले सिकाएको पाठबाट ईष्र्यारहित, सामाजिक सदभाव, सकारात्मक सोच तथा सहिष्णूता सहितको न्यां समाज निर्माण हूनसक्ला ? कोभिड (१९ ले स्वास्थय तथा आर्थिक गतिबिधिलाई मात्र डगमाडोल नबनाई हाम्रो समाजको आधारभूत संरचनालाई नै परिवर्तन ल्याउने प्राय निश्चित नै छन् ।

  यस कोभिड (१९ ले समाजमा रहेका गरिब वर्गलाई झन गरिबिको दलदलमा धकेलिने खतरा रहेको, जून कोभिड (१९ को त्राहीमाम भन्दा पनि खतरनाक हूनेछ । संसारभर करौडौ मानिसले रोजगारी गूमाई, माईग्रेट भई घरवार विहिन भएको अवस्था सिर्जना भएको छ । यस महामारीले एकातिर बृद्धबृद्धा तथा अपांगतालाई झनै रोगि बनाएको छ भने अर्काेतिर स्कूले बच्चाहरु तथा यूवाहरुको मनोविज्ञानमा नकारात्मक असर पारेको छ । समाजबाट पिडित रहेका दलित समूदाय लगायत सिमान्तकृत समूहमा यस कोभिड (१९ को भय र त्रास लामो समयसम्म रहने निश्चित छ ।

  कोभिड (१९ मा क्वारेन्टाईन, आईसोलेसनमा रहेका व्यतिmबाट समाजमा घृणा, अनावश्यक तनाव, गलतफहमी, रिसाहा जस्ता प्रवृतिमा झनै बृद्धि हूने खतरा देखिन्छ, जसले गर्दा अलकोहल सेवनमा बृद्धि भई घरेलू तथा पारिवारिक हिंसामा समेत बृद्धि हून जान्छ । यस कोभिड (१९ ले समाजमा असमानता लगायत र्धािमक असहिष्णूतामा समेत गम्भिर असर हूने, जसको फलस्वरुप समाज अशान्त र अनूशासनहिनता तिर धकेलिने खतरा देखिन्छ । समाजमा विधमान रहेको ईष्र्याप्रवृति मानव समूदायले एक अर्कालाई हेर्नै नसक्ने, पाखण्डीपन, लोभलालच लगायत असमाजिक गतिबिधिलाई कोभिड (१९ ले दिएको गतिलो सन्देश हो, नयां आउंदो पूस्ताले यसबाट सिक्नूपर्ने पाठ हो, जून अनैतिक समाजको दिशामा बढदै गएको छ । जब संसारमा मानवजाति माथि महामारी लगायत अन्य संकटहरु देखिन्छ तब प्रकृतिले समाज र यूगलाई परिवर्तन गर्न चालेको एउटा सानो सन्देश नै हून्छ ।

  यस कोभिड (१९ ले प्रभाव पारेको समाजलाई उकास्न र्आिथक तथा सामाजिक अवस्था सूदृढ भएको मानव समूदायले हो । “यदि कूनै पनि चिज आवश्यकताभन्दा बढि छ भने त्यो जहर हो”, भन्ने कूरा महाभारतमा श्रीकृष्णले अर्जूनलाई भनेका थिए । समाजमा जब एक व्यतिmले अर्काे व्यतिmलाई मदत गर्छ र त्यसको बदलामा त्यो व्यतिmबाट केहि पनि आश नगर्नू नै सहि अर्थमा मानवता हो । हामी आफनो अमूल्य समय लाईक, कमेन्ट, सेयरमै व्यतित गर्छाै, थोरै समय मानव कल्याणका लागि खर्चिदा समग्र समाजको संरचना नै परिवर्तन हून सक्छ ।

(लेखकः  ई.रामाशंकर जयसवाल, PhD Scholar in Tribhuwan University -

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505758
Today
Yesterday
This Week
Last Week
This Month
All days
201
1607
4631
1494645
6113
1505758

Your IP: 3.14.152.212
2025-05-10 05:27

Facebook Live Feed