बिरगंज ८ मंसिर -ब्रीटानिया नेपाल प्रा.लि लिपनी बिर्ता बिरगंजमा कार्यरत मजदुर आन्दोलित भएका छन् । ब्यवस्थापन पक्षले ज्यादती गरेको भन्दै स्थायी मजदुर निस्कासन गरेपछि केहीबेर बिरगंज पथलैया सडकखण्ड अवरुद्ध गर्दै नाराबाजि गरेका थिए।
बिरगंज बिर्ता वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश राजपुरीको कमाण्डमा गएकाे टोलीले बन्द बाटो खोलाएका थियाे भने बाटो बन्द गर्ने सोहि कारखानाका तीन जाना कार्यरत मजदुर नेता पक्राउ गरिएको प्रहरी निरीक्षक राजेश राज पुरीले जानकारी दिए।
वडा अध्यक्ष हविव मिँयाले अबैध रुपमा मजदुर निस्कासन गरेकोमा दु:ख व्यक्त गर्दै प्रहरी दमनको कडा भर्त्सना गर्नुभएको छ ।