news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज  १४ फागुन : भारत-पाकिस्तानको सीमा क्षेत्रमा विवाद चर्किएपछि भारतसँग खुला सीमा रहेको पर्सामा सुरक्षा सतर्कता बढाइएको छ। 

भारत-पाकिस्तानको विवादित क्षेत्र काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आतंकवादी हमलामा भारतका ४० भन्दा बढी सुरक्षाकर्मी मारिएका थिए। त्यसको जवाफमा भारतीय सेनाले मंगलबार पाकिस्तानी भूमिमा बम खसालेपछि विवाद चर्किएको हो। 

भारतीय सेनाले पाकिस्तानी भूमीमै पसेर बम खसालेसँगै भारत पाकिस्तानको सीमा क्षेत्रमा युद्धको तनाव बढेको हो।

भारत पाकिस्तानको सीमा क्षेत्रमा युद्धको तनाव बढेसँगै भारतसँग सीमा जोडिएको नेपालका सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको हो। 

पर्साको जिल्लाको एक सय सात किलोमिटर खुला सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। सीमा क्षेत्रका नाकामा मंगलबार बिहानैबाट सुरक्षा सतर्कता बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले जानकारी दिए। 

सीमा नाका र क्षेत्रमा प्रहरीको तैनाथी र निगरानी बढाइएको छ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। ‘सीमा नाका हुँदै नेपाल भारत ओहोर दोहोर गर्ने यात्रु र सवारी साधनको चेकजाँचमा कडाई गरिएको छ’, प्रहरी उपरीक्षक ढकालले भने। 

भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीका तर्फबाट पनि सुरक्षा सतर्कता बढाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक पराक्रमराज भण्डारीले जानकारी दिए।   

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513298
Today
Yesterday
This Week
Last Week
This Month
All days
25
338
2664
1501303
13653
1513298

Your IP: 216.73.216.181
2025-05-24 01:56

Facebook Live Feed