news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज १४ चैत्र। विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड-१९ लाई जित्न अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र डाक्टरको शुरक्षाको ग्यारेण्टि गर्न प्रतिनिधिसभा सदस्य प्रदीप यादवले माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य यादवले शुक्रबार एक प्रेस विज्ञप्ति जारि गर्दै कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसको स्वास्थ्यका लागि देश भरमा खटिरहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुरक्षाका सवालमा संघीय सरकर, प्रदेश नम्बर २ सरकार, स्थानीय तह सरकार र सम्बन्धीत सबै निकायको ध्यानाकर्षण गरेएका छन् ।

सांसद यादवले प्रेस विज्ञप्तिमार्फत कोरोना संक्रमणबेला ग्राउण्ड जिरोमा काम गरिरहेका डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुको ५० लाख बराबरको जीवन विमा गराउने माग गर्दै
सबैलाई बिश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसारको सुरक्षित पहिरनको उपलब्ध गराउन समेत सरकारसँग माग छन् ।

त्यसैगरी उनले सरकारलाई शहर ठुला अस्पताल देखि गाउँका स्वास्थ्य संस्थाहरुमा सम्ममा मास्क, सेनिटाइजर र सुरक्षित पोषाकहरु उपलब्ध गराउन आग्रह गरेका छन् । कोरोना महामारी बिरुद्ध खटि रहेका हरेक डाक्टर तथा स्वास्थ्यकर्मीहरुले चिन्तामुक्त भएर काम गर्न वातावरण सृजना अग्रण संसाद यादवले उनिहरुको घरमै दैनिक उपभोग्य बस्तुको आपुर्ती सुनिश्चित गर्न सुझाव दिएका छन् ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका संसाद यादवले डाक्टर र स्वास्थ्यकर्मीहरुसंग अप्रिय ब्यवहार गर्ने व्यक्तिलाई समेत दण्डित गर्नु पर्ने अनुरोध गरेका छन् ।

उनले विज्ञप्ति मार्फत चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन यस्ता निर्णय आवश्यक रहेको बताएका छन् । ‘उसै पनि नेपालमा चिकित्सकीय जनशक्ति कम रहको र नीजि अस्पतालमा रहेका जनशक्तिको यतिखेर उपयोग हुन पाएको छैन ।

अहिले महामारी बिरुद्ध खटिरहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन र सम्मान स्वरुप यि कदमहरु अबिलम्ब रुपमा अनिवार्य रहेको सबै सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउदछुँ । साँथै नीजि अस्पतालमा रहेको जनशक्ति, संरचना र साधनहरुको यस घडिमा सद्उपयोगको लागि अबिलम्ब नीतिगत निर्णय गर्न सरकारसंग माग गर्दछुँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514181
Today
Yesterday
This Week
Last Week
This Month
All days
335
573
3547
1501303
14536
1514181

Your IP: 216.73.216.75
2025-05-25 12:22

Facebook Live Feed