news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काडमाण्डौ चैत १६– सरकारले ‘लकडाउन’लाई थप गर्ने तयारी गरेको छ । मङ्गलबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ सरकारले अझै केही दिन लम्ब्याउने तयारी गरेको हो । 

परराष्ट्र मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका सदस्य प्रदीपकुमार ज्ञवालीले उज्यालोसँगको कुराकानीमा अहिलेसम्म लकडाउन सफल भएको र समुदायमा कोरोना सङ्क्रमण फैलन नदिन लकडाउन केही दिन थप गर्नेबारे छलफल भएरहेको र आज या भोलि उच्चस्तरीय संयन्त्रको बैठक बसेर निर्णय गर्ने बताउनुभयो । लकडाउन थप गर्नेबारे औपचारिक निर्णय हुन बाँकी रहे पनि तयारी अवस्थामा रहन उहाँले आमनागरिकलाई आग्रह गर्नुभयो । 

१४ दिनसम्म कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिने जोखिम कायमै हुने भएकाले शङ्कास्पद बिरामीको पहिचान र उपचार गर्न सहज वातावरण बनाउन पनि लकडाउनलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलार्इ आवश्यक सहयोग गर्न सरकार गम्भीर रहेको र तत्कालका लागि पालिकाहरुले यसको समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले निम्न आय भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका वर्गलाई भोकै मर्न नदिने उहाँको भनाइ छ । 

लकडाउनका बेला अत्यावश्यक सामग्रीको अभाव हुन नदिन, मौज्दात रहेको र खाद्यान्न नियमित बिक्री वितरणको व्यवस्था मिलाएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

ujjaloonline

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514165
Today
Yesterday
This Week
Last Week
This Month
All days
319
573
3531
1501303
14520
1514165

Your IP: 216.73.216.124
2025-05-25 11:26

Facebook Live Feed