वीरगन्ज १९ चैत । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा कोचेर भारतीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
विभिन्न ठाउँबाट वीरगञ्ज हुँदै भारततर्फ जान लागेका करीब ४ सय भारतीयलाई प्रहरीले आज बिहान क्याम्पसको शिक्षाशास्त्र संकायतर्फको भवनमा लगेर कोचेर राखेको हो ।
४ सयजति भारतीयलाई क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरक्षिक गंगा पन्तले बताउनुभयो । लक डाउनको बेला अलपत्र परेकाहरुको व्यवस्थापन जहाँ भेटिएका छन् त्यही देशले गर्ने भएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारीको आदेशमा भारतीयहरुलाई क्याम्पसमा पु¥याइएको बताइएको छ । केही दिनअघि ठाकुरराम क्याम्पस प्रशासनले आवश्यक परेमा क्याम्पसलाई कोरना नियन्त्रणका संरचना बनाउन दिने सूचना गरेको थियो ।