news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, बैशाख ३ – वीरगञ्जमा बिहीबारदेखी अत्यावश्यक वस्तुका पसल खोल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार साँझ सूचना जारी गर्दै औषधि ,खाद्यान्न, किराना, तरकारी दुध, ग्यासलगायतका पसलहरु खोल्न पाइने जानकारी दिएको हो।

यसका लागि प्रशासनले बिहान जतिसक्दो सबेरैदेखि बिहान ७ बजेसम्म मात्र खोल्न पाइने जनाएको छ भने औषधी पसल २४ सै घण्टा खोल्न सकिनेछ।

गत आइतबार वीरगञ्जमा ३ जना कोरोना संक्रमित फेला परेपछि कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला भरिकै औषधी पसलबाहेक अन्य पसलहरु स्थानीय प्रशासनले पूर्ण रुपमा बन्द गराएको थियो ।

No photo description available.

खाद्यान्न तथा तरकारी पसलहरु बन्द भएसँगै यहाँको जनजिवन प्रभावित भएपछि बिहिबारदेखि तोकिएको समय सिमामा पसल सन्चालन गर्न पाइने भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्धारा जारी सो सूचनामा तोकिएको अत्यावश्यक वस्तुहरु बाहेकको पसलहरु बाहेक साँगुरा गल्ली, ठेलागाडा, चोकहरुमा भने बिक्री वितरण गर्न नपाइने उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी ५ बुँदे सो सुचनामा अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने जनाइएको छ । अन्यथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिनेछ ।

सामान खरिद गर्दा व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ । तथा तरकारी बजार र खुला स्थानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न पाइने छैन र कोही कसैलै होम डेलिभरी गर्न चाहेमा भने त्यसलाई प्रोत्साहित गरिने समेत जनाइएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1527272
Today
Yesterday
This Week
Last Week
This Month
All days
12
546
558
1517411
12702
1527272

Your IP: 216.73.216.244
2025-06-16 02:57

Facebook Live Feed