news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज,०३ बैशाख- पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवले जीवन रक्षाका लागि खाद्यान्न आपुर्ती र रेपिड टेस्टको मांग गरेका छन् |

बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै सांसद यादवले वीरगन्जको छप्कैयास्थित मस्जिदसंगै रहेको यतिमखानामा बसेका ३ जना भारतीय मुस्लिम धर्मप्रचारकहरुमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि स्वभाविक रुपमा मानिसहरुमा भय ब्याप्क छ भने छप्कैया क्षेत्र यतिखेर सिल गरिएको छ। आवश्यक बस्तुको पसलहरु बन्द गरिएका भएकाले सवधानीको दृष्टीकोणले प्रसाशनको यो कदम आवश्यक पनि रहेको तर, यसबाट केही मानवीय संकटहरु समेत सिर्जना भएकोतिर सम्बन्धीत सबैको ध्यानाकर्षण गराएका छन् ।

आफ्नो बिज्ञप्तिमा सांसद यादवले उक्त क्षेत्र सिल भएपछि अत्यावश्यक बस्तुको अभाव सिर्जना भई हजारौं मानिसहरु भोकमरीको मुखमा पुगेका छन् , इन्धन, खाद्यान्न र जीवन धान्ने अन्य अत्यावश्यक बस्तुको अभावले मानिसहरुको जीवन गम्भीर रुपमा कठिन भएको बताउदै संबन्धि क्षेत्र सिल गरेपछि त्यहाँ अत्यावश्यक बस्तुको आपुर्ती सरकारी स्तरबाट गरिने गरेको उद्हारण छिमेकी मित्र राष्ट्र भारत र अन्य मुलुकहरुमा अहिले देखिएको जस्तै प्रबन्ध अबिलम्ब मिलाई मानिसहरुलाई उनीहरुको जीवन रक्षाका लागि अत्यावश्यक बस्तुको आपुर्तीको यथासिघ्र ब्यवस्था मिलाउन म गृह मन्त्रालयसंग माग गरेका छन् ।
सांसद यादवले सो छपकैया क्षेत्र सिल भएको एरियामा हजारौं जनता भोकले आजित भएका भोकै पेटले बिद्रोह निम्त्याउछ भने स्थापित सत्य रहेको बताउदै अहिलेकै अवस्था कायम रहे यहाँ मानिसहरुले संक्रमण नियन्त्रणको लागि दिदै आएको सहयोगको निरन्तर कठिन हुने भनि प्रतिक्रिया प्राप्त भएको भएको जानाकरी गराउदै सिल गरिएको क्षेत्रमा घरघरमा ‘रेपिड टेस्ट’ गरेर अवस्थालाई सहज र जोखिम न्युनीकणर गर्न र सो कारण त्यतातिर पनि अबिलम्ब कदम बढाउन माग गरेका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514224
Today
Yesterday
This Week
Last Week
This Month
All days
378
573
3590
1501303
14579
1514224

Your IP: 216.73.216.21
2025-05-25 15:47

Facebook Live Feed