काठमाडौँ बैशाख ४ - कोरोनभाइरस महामारीका कारण विश्वका जनतानै त्रसित छन् । यसै गरि हाल काठमाडौँ भित्र रहेका मजदुर गरिबहरु लक् डाउनका कारण खानाको समस्या अन्तिम चरणमा पुगेका कारण आम आदमी पार्टी नेपालको महिला नेतृ मधुमाया यादव
ओली सरकारसंग आग्रह गर्दै देशभरिका आम मजदूरहरू बिभिन्न शहरहरुमा काम गरेर खानेहरूलाई जो जहाँ छन त्यही राहतको व्यवस्था मिलाउन र काठमाडौँ तथा अन्य सहरमा फसेकाहरुलाई सवारी ब्यबस्था मिलाई आ आफनो घर फर्काउन समेत आग्रह गरेकी छिन ।
विश्व ब्यापी फैलिएको कोरोना वाइरसको माहामारीले अहिले देशभरिका कलकारखाना, होटल,व्यवसाय, यातायात सबै थपपरेको बेला आम मजदूरहरू खान नपाइ भोक भोकै मर्ने अवस्था पुगिसकेका कारण काठमाडौँ बाट हजार हजार किलोमिटर पैदल यात्रा गरि आफनो घर पर्किन बाध्य छन् ।
नेपाल सरकारले घोसणा गरे अनुसार जो जहाँ छन् वाहि राहत दिने र ३ महिनाको घर भाडा छुट गराउने समेत जनता माझ लिएर आएका थिए तर घोसणा सिमित मै रहेको दुखासो नेतृ मधुमाया यादवले पोखिकी छिन ।