news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज बैशाख २३ : वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.मदन उपाध्यायको तीन साताको अथक प्रयासबाट आजदेखि कोरोना संक्रमण पत्ता लगाउन अस्पतालमै स्वाबः परिक्षणको लागि पीसिआर मेसिन जडान गरिएको छ ।

यसअघि कोभिड १९ को संक्रमण पत्ता लगाउन शंकास्पद व्यक्तिको स्वाबः संकलन गरी हेटौंडा तथा केन्द्रिय प्रयोगशाला काठमाडौंमा पठाउँदै आएको थियो । तर आजदेखि विधिवत रुपमै वीरगन्जमै शंकास्पद व्यक्तिको स्वावः संकलन गरी परिक्षण शुरु गरिएको हो ।

अस्पतालको प्रसुतीगृहमा बनाईएको ल्याबमा पीसिआर मेसिन जडान गरिएको हो । मंगलबार अस्पतालका मेसु उपाध्यायले पत्रकार सम्मेलनको आयोजना गरी पीसिआर मेसिन जडान गरी संचालनमा आएको बारे आधारिक जानकारी गराएका हुन् । संघ सरकारले तीन साता अगाडी पीसिआर मेसिन मात्र पठाएको थियो । यसमा प्रयोग हुने उपकरण नपाउँदा मेसिन थन्किएर राखिएको थियो ।

अथक प्रयास पछि अस्पतालका मेसु उपाध्यायले मेसिन जडान गरी संचालनमा ल्याएका हुन् । सरकारले पीसिआर मेसिन र दुई जना विशेषज्ञ पठाएका थिए तर पूर्वतयारी, उपकरण र यसबारे कुनै प्रकारको जानकारी नभएका कारण मेसिन जडान हुन ढिलो भएको उनले बताए ।
संक्रमणको आशंकामा १६ वटा स्याम्पल संकलन गरी हाम्रै ल्याबमा परिक्षण गर्ने क्रममा छौं, उनले भने,‘त्यो स्याम्पललाई केन्द्रिय प्रयोगशाला काठमाडांैको टेकुमा पठाउछौ र दुईवटै ल्याबको रिपोर्ट भेरिफिकेशन गरेर मात्र रिपोर्ट सार्वजनिक गर्छौ । एक पटकमा ३६ वटा स्याम्पल परिक्षण गर्ने पीसिआर मेसिन अस्पतालमा जडान गरिएको छ ।

यसको लागि स्याम्पस कलेक्शन गरेर रिपोर्ट आउन ५ देखि ६ घण्टा लाग्ने भएकोले दैनिक दुई सिफ्टमा जाँच गर्न सक्ने अनुमान गरेको उनले बताए । उनले भने, हामीसंग प्रोफेसनल प्याथोलोजिष्टको टिम छ, एकसाता देखि एनपिएचएल ल्याबबाट परिक्षण प्राप्त दुईजना माईक्रो बायालोजिष्टले अहिलेको मौज्दात रहेको रिजेन्ट संग २५० स्याम्पल परिक्षण गर्न सक्छौ त्यपछि रिजेन्ट घटे थप माँग गरेर अगाडी बढ्छौं ।

करिब ५० लाखको लागतमा अस्पतालले टेन्डर नै आह्वान गरी पीसिआर मेसिन संचालनको लागि थप उपकरण खरीद गरेको थियो । प्रदेश सरकारले उपकरण खरीदको रकम दिने आश्वासन दिएको छ, मेसु उपाध्यायले भने, प्रदेश सरकारले रकम विनियोजन नगरे केन्द्रिय अस्पताल भएकोले केन्द्र सरकारले नै अन्त्यमा बजेट निकासा गर्ने छ ।

पत्रकार सम्मेलनमा मेसु उपाध्यायले अस्पतालमा उपचारर्थ ११ जना विरामीमा कोरोना संक्रमणको लक्षण देखा नपरेको र उनीहरुको अवस्था समान्य रहेको बताए । गत चैत ६ गतेदेखि अस्पतालको आईसोलेन वार्डमा विभिन्न समयमा संकास्पद संक्रमित विरामीलाई संकलन गरेर भईरहेको छ । अहिले सम्म अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीका गरी २६ जना विरामीलाई भर्ना गरेर उपचार गरीसकेको छौ उनले बताए ।

प्रदेश २ को एकमात्र कोभिड १९ को उपचार गर्न सेन्टरको रुपमा नारायणी अस्पताललाई स्थापना गरिएको थियो । यहाँका सम्पूर्ण सम्भावित संक्रमितको उपचारमा संलग्न छौं, मेसुले भने, अहिले सम्म अस्पतालले ८ सय जना भन्दा बढीको स्वाबः थ्रोपको स्याम्पल संकलन गरेर परिक्षणको लागि पठाएका थियो र त्यसकै आधारमा उनीहरुको उपचार भईरहेको छ ।

संघ सरकारले तीनसाता अगाडी पीसीआर मेसिन सहित दुईजना विशेषज्ञ टिम पठाएको थियो तर यसको लागि ल्याब संचालन गर्न चाहिने उपकरणहरु ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण नपठाउँदा मेसिन जडान हुन सकेको थिएन । पत्रकार सम्मेलनमा अस्पतालका डा.उदयनारायण सिंह, डा.निरा पाठकको सहभागिता रहेको थियो ।

the nepal top

 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514388
Today
Yesterday
This Week
Last Week
This Month
All days
542
573
3754
1501303
14743
1514388

Your IP: 216.73.216.156
2025-05-25 20:20

Facebook Live Feed