news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बैशाख २४, वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित तत्कालिन समाजवादी पार्टीका सांसद प्रदीप यादवले कारोना महामारीको बेला फ्रन्टलाईनमा खट्ने पर्साका सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई मास्त, सेनिटाईजर र ग्लबस् वितरण गरेका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्सेली सञ्चारकर्मी तथा सुरक्षाकर्मी सुरक्षित रहुन भने उदेश्यसहित सांसद यादवले वीरगंजको घण्टाघरमा बुधबार एक कार्यक्रमका बिच मास्क, सेनिटाईजर तथा ग्लबस् वितरण गरेका हुन ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि नेपालमा जारी लकडाउनको बेला कारोना भाइरसको लडाईमा पर्सेली सञ्चारकर्मीहरुले प्रत्येक निकाय तथा जनतालाई सचेत र सजग गराउन आफ्नो जानको बाजी लगाई निरन्तर खटेर देशमा फैलाईरहेको जनचेतनाप्रति धन्याबाद दिदै उनले संचारकर्मीहरु पनि सुरक्षित र स्वस्थय रहुन भने उदेश्यले मास्त, सेनिटाईजर तथा ग्लबस् वितरण गरेको बताए ।

नियमित रुपमा सवधानी नअपनाए कोरोना संक्रमणको जोखिममा पर्न सकिने भएको हुनाले सञ्चारकर्मीहरुले दिनहु प्रयोगमा ल्याउन सकिने ‘‘ए–९५’’ मास्क, ग्लबस र सेनिटाईजर जस्ता सामग्रीहरु वितरण गरिएको छ ।

त्यस्तै कोरोना भाइरसलाई फैलिन नदिन र यसबाट हुने जोखिमबाट आम जनतालाई जोगाउनका निम्ति सांसद यादवले आफ्नो क्षेत्रको प्रत्येक स्वास्थय चौकीमा ज्वरो नाप्ने स्टेनगंज मेसिन, मास्क, सेनिटाईजर र ग्लबस् वितरण गर्ने तयारी रहेको बताए । उनले पर्सा क्षेत्र नं. १ मा पर्ने प्रत्यके स्वास्यचौकीमा स्वास्थयकर्मीको लागी पिपिई सेट वितरण गरिने बताए ।

स्वास्थय उपकरण वितरण कार्यक्रममा सांसद यादवसंगै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,तत्कालिन समाजवादी पार्टी वीरगंज महानगर कमिटि अध्यक्ष ईश्वरचन्द्र यादव, समाजवादी प्रेस युनियनका पर्सा अध्यक्ष आर के पटेल, वरिष्ट पत्रकार तुलसी भण्डारी, राम शर्राफ, जियालाल साह, नरेश सर्राफ लगायतका पर्सेली सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514454
Today
Yesterday
This Week
Last Week
This Month
All days
608
573
3820
1501303
14809
1514454

Your IP: 216.73.216.211
2025-05-25 21:48

Facebook Live Feed