बिरगंज जेष्ठ १ -
प्रदेश दुई नम्बरमा कोरोना संक्रमण तीव्र गतिमा बढनुमा केन्द्रीय सरकार त दोषी छ नै तर साथ दिनेमा प्रदेश सरकारको ठुलो लापरवाही पनि एक हो। टाईममै कोरोना परिक्षण बीरगंजको छपकैयामा जुनबेला देखा परेको थियो त्यो बेला परिक्षण धेरैको मात्रामा गरेको भए आज थप बीरगंजमा कोरोना वाइरसबाट जनता ग्रस्ति हुदैनथ्यो होला ।
यहा त पार्टी फुटाउने र पार्टी जोडने खेलमा दुई नम्बर प्रदेशका नेताहरू थिए।
हाम्रो बिचारमा दुई नम्बर प्रदेश अहिले पनि सचेत भएन भने जनता चुप लागेर बस्न सकिदैन जनता भोकमारी र माहामारीसंग लडदै तर अहिले पनि यहाका सरकार पार्टी बिस्तारमा बढी केन्द्रित भएको देखिन्छ । यस माहामारीसंग लड्नुको सटा जसपाका ठुला नेताहरु अहिले काठमाडौंमा पार्टीको भागबण्डा मिलाउनेमा व्यस्त छन।