news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

सीमरा ३० फाल्गुन ।   अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले जीतपुर सीमरा उपमहानगरपालिकामा रहेको मालपोत कार्यालयमा छापा मारेको छ । मालपोत कार्यालय सिमरामा  किर्ते कागज बनाएर जग्गा बेचविखनगर्ने  गिरोहको सक्रियता  बढेपछि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरि अनुसन्धान शुरु गरेको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिवको संयोजकत्वमा  शाखा अधिकृत ,  प्रहरी  निरीक्षक गरी ३ जनाको टोलीले बिहिवार सिमरा मालपोत कार्यलयमा  छापा मारी सम्पूर्ण कागजपत्र अध्ययनमा लागि   जफ्त गरेको छ ।

 सिमरा मालपोत कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी र जग्गा दलालीको मिलेमतोमा किर्ते कागज बनाएर जग्गा  वेचविखन गर्ने गिरोह सक्रिय भएको भन्दै  जिल्ला प्रशासन कार्यालय बाराले फागुन २२ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडालाई  छानविन तथा कारवाहिको माग गर्दै पत्र पठाएको थियो ।  

 

सोही पत्रका आधारमा आज अख्तियारको  केन्द्रिय टोलीले अनुसन्धान शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयले चिठी लेखेर अख्तियारलाई छानवीन गर्न आग्रह गरेको सम्भावत यो नै पहिलो घटना पनि हो ।

 

 सिमरा मालपोत कार्यलयका प्रमुख मदन गुप्ताले  नागरिकता देखि लिएर  सम्पूर्ण कागजपत्र किर्ते बनाएर  जग्गा वेचविखन गर्ने गिरोहसँग मिलेर काम गरिरहेको , एउटा स्थानिय तहको  जग्गा  अर्को  स्थानिय तहलाई  बिक्री गरेको , सरकारले जग्गाको किक्ताकाटँ फुकुवा गरिसकेको  अवस्थामा  गलत मनसायले काम गरेको  लगायतका  उजुरीका आधारमा  अनुसन्धान शुरु गरेको अख्तियार स्रोतले जनायो ।

 

उपसचिवको दरवन्दी रहेको सिमरा मालपोत कार्यालय सिमरामा नायव सुब्बा मदन गुप्ताले   प्रमुखको जिम्मेवारी   सम्हाल्दै आएका छन् । गुप्ताको पछिल्लो  गतिविधि शंकास्पद देखिएपछि उनले यसअघि जिम्मेवारी सम्हालेको मालपोत कार्यालय विरगञ्जको राजस्व फाँटमा सेमत अख्तियारको टोलीले अनुसन्धान गरिहेको छ ।


सिमरा मालपोत कार्यालयका  प्रमुख   गुप्ताले लेखापढी  व्यवसायी र जग्गा दलाली सँगको मिलेमतोमा लाखौ रुपयाँ भष्ट्रचार गरेको भन्दै  चौतर्फी रुपमा  गुप्ताको  सम्पतिको  छानविनको हुनुपर्ने माग समेत उठेको छ ।

 
सिमरा मालपोत कार्यालय सिमरावाट बारा  जिल्लाका  साविकका  गाविसहरु रातोमाटे, प्रिपासिमरा ,भवानीपुरजितपुर, छातापिपरा,  ईनर्वासिरा,  रामपुरटोकनी , बुनियाद,  लिपनीमाल, मर्नरहवा र  निजगढका   स्थानियबासीहरुले  सेवा लिदै  आएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505950
Today
Yesterday
This Week
Last Week
This Month
All days
393
1607
4823
1494645
6305
1505950

Your IP: 18.119.110.128
2025-05-10 06:05

Facebook Live Feed