news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज १४ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत चार कोरोना संक्रमितको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आए पछि उनिहरुलाई आज डिस्चार्ज गरिएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय नागरिक र एकजना नेपाली युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

 

वीरगन्ज १४ बैशाख । वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो। ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो।

वीरगन्ज १३ वैशाख : वीरगन्जको नारायणी अस्पताल सरकारले कोबीड १९ अस्पताल बनाएको मा पुन सबै रोगका बिरामीको उपचार र अन्य सेवा सुचारु गर्न माग गर्दै शनिबार थाल ठटाएर प्रदर्शन गरिएको छ । लकडाउनबीच आदर्शनगरमा स्थानीयले शनिबार सडकमा निस्किएर सामाजिक दुरी कायम राख्दै थाल ठटाउनुका साथै थपडी बजाएर र सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् ।

वीरगन्ज बैशाख १४ : वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

चितवन वैशाख १३ — कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जनामध्ये एकजना २७ वर्षीय पुरुषको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ नतिजा देखिएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506186
Today
Yesterday
This Week
Last Week
This Month
All days
629
1607
5059
1494645
6541
1506186

Your IP: 18.219.133.22
2025-05-10 09:49

Facebook Live Feed