news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

काठमाण्डौ चैत २६: अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो । यसकै प्रभावले बारा पर्सासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्छ । त्यसपछि रोकिए पनि मंगलबार बारा पर्सासहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् सुवेदीको अनुमान छ ।

मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । तर नजिकै परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने उहाँले बताउनुभयो ।

पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो । 

 

चैत २६ - हिजो पुर्व मन्त्री एव रौतहट क्षेत्र ३ का सान्सद प्रभु साहले आफ्नो क्षेत्रको जनतालाई निशुल्क ग्यास सिलिन्डर र चुल्हो बितरन गरेपछि स्थानीय हर्सित भएका छन ।क्षेत्रलाई धुवा रहित बनाउनको लागि प्रदेश न दुइका नेकपा अध्यक्ष समेत रहेका साहले क्षेत्रका सात सय घर धुरीलाइ ग्यास चुल्हो र सिलिन्डर अनि त्यसमा लाग्ने उपकरण निशुल्क बितरन गरेका हुन ।

२४ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले विनाशकारी हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने घोषणा गरेको छ ।

बिरगन्ज चैत्र २४ : चैत १७ गतेको विनशाकारी हुरीले अत्याधिक क्षति पुर्‍याएकाे भरवलीया गाँउका घरवार विहीनहरुलाई शनिबार साँझदेखि अर्को आपत् आइपरेको छ ।

आइतबार साँझ हुरीले गाँउ नै तहसनहस बनाएपछि खानाका लागि भरवलीया गाँउमा आधा दर्जनभन्दा बढी स्थानमा विभिन्न संघसंस्थाले सामुहिक मेस सञ्चालन गरेका थिए ।

वीरगन्ज २४ चैत । वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् । दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए ।

बिरगन्ज चैत्र २३ - बिनाशकारी हावाहुरी बाट गम्भीर घाईते भएकाहरूलाई आज तेस्रो पटक सान्सद प्रदिप यादब, प्रदेश २ का मुख्यमंत्री लालबाबु राऊत, प्रमुख जिल्ला अघिकारी,एस पी रेवति ढकाल लगयायतका टोली बीरगज स्थित नरायणी अस्पताल,नेशनल मेडिकल कॉलेज,बीरगज हेल्थ केयर, एल एस न्युरो अस्पतालमा पुंगी घाईते का अवस्था बारे जानकारी लिएका छन भने  ईलाजमा कुनै प्रकारका हेलचक्रयाई नगर्न सम्बन्धित निकाय लाई निर्देशनका साथ साथै अनुरोध गर्नु भएको छ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513286
Today
Yesterday
This Week
Last Week
This Month
All days
13
338
2652
1501303
13641
1513286

Your IP: 216.73.216.237
2025-05-24 01:49

Facebook Live Feed