news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

जनकपुर चैत १४  : प्रदेश २ को आज दिउँसो ३ बजे बोलाइएको तेस्रो अधिवेशनको पहिलो बैठक कांग्रेसले अवरुद्ध गर्ने भएको छ।

वीरगन्ज स्थित विपी उद्यानको नाममा रहेको जग्गामा प्रदेश सरकारले जबरजस्ती मधेसी सहिद पार्क निर्माण गर्न शिलान्यास गरेको विरोधमा नेपाली कांग्रेसले बैठक अवरुद्ध गर्ने प्रदेश संसदीय दलका नेता रामसरोज यादवले बताए।

काठमाडौं चैत १३ गते। संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको शिक्षा उपसमितिले शिक्षामा स्थानीय तहको अधिकार कटौतीको प्रस्ताव गरेको छ ।

संविधानको अनुसूची ८ ले आधारभूत तह र माध्यमिक शिक्षालाई स्थानीय तहको अधिकार सुनिश्चित गरेको छ । तर, उपसमितिले माध्यमिक शिक्षाअन्तर्गत कक्षा १२ को परीक्षा र मूल्याकंन केन्द्रीय तहले गर्ने प्रस्ताव गरेको छ ।

वीरगन्ज १३ चैत । नेपाल विद्यार्थी संघ पर्साले लामखुट्टे नियन्त्रणको लागि बिरगंज महानगरपालिकाको ध्यानार्कषण  गराएको छ । बिहीबार भोली देखि तत्काल औषधि छर्कनु पर्ने भन्दै बुधबार पर्सा नेविसंघले उप प्रमुख शान्ति कार्की लाइ ज्ञापनपत्र बुझाउदै ध्यानार्कषण  गराएको हो ।

काठमाडौं १२ चैत: सरकारले पार्टीलाई प्रतिवन्ध लगाएपछि चन्द नेतृत्वको नेकपाले सरकार विरुद्ध आन्दोलन घोषणा गरेको छ । आगामी चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि पनि रोक लगाउने चेतावनी उसले दिएको छ ।

चैत१३ , वीरगञ्ज । बन्द भएका सरकारी उद्योग तथा सार्वजनिक संस्थानहरु पुनः खोल्ने नारा दिएको उद्योगमन्त्री मातृका यादवले मंगलबार वीरगञ्ज चिनी कारखानाको निरीक्षण गरे ।

तर, उद्योग पुनःसंरचना गर्ने कुरा गरेनन् । बरु उद्योग परिसर र मेसिन फोहोर रहेछ, सफा राख्नू भन्ने निर्देशन दिए । उनकाअनुसार त्यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यहोर्नेछ ।

काठमाडौं, १२ चैत । विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराई सो बारे प्रवक्ता प्रदिपकुमार कोइरालालाई जानकारी दिएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513226
Today
Yesterday
This Week
Last Week
This Month
All days
291
253
2592
1501303
13581
1513226

Your IP: 216.73.216.210
2025-05-23 21:59

Facebook Live Feed