news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
काठमाडौं, चैत २२ -स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड–१९ का नयाँ तीन संक्रमित भेटिएपछि क्वारिन्टिनको नियम अझ अनिवार्य र बढि सावधानका साथ गर्नुपर्ने थप पुष्टि भएको बताएको छ।
दैनिक ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा पहिलोपटक स्थानीय संक्रमण समेत भेटिएको हुँदा अब थप सतर्क हुनुपर्ने बताएका हुन्।
Read more: स्थानीय संक्रमण सुरु भएसँगै क्वारेन्टिन अझ अनिवार्य भयो: स्वास्थ्य मन्त्रालय
बिरगंज २२ चैत्र - हाल देश विदेशमा देखिएको माहामारी कोरोनाबाट आम जनतामा निराशा, त्रास र भोकमरीको कारण अवस्था झन दैनिय हुंदै गई रहेको कारण आम आदमी पार्टी नेपालको महिला नेतृ मधुमाया यादवले सरकार प्रति आक्रोश पोख्नु भएको छ
Read more: कोरोना भाइरसकारण साथै भोकमरिले मर्ने समय आइसक्यो सरकार- नेत्री मधुमाया यादव
बिरगन्ज २२ चैत । पर्सा क्षेत्र नम्बर १ का माननिय सांसद प्रदिप यादवले आफ्नो सक्रियतामा २४ घण्टामा २० बेडका अलमुनियम र ग्लास बाट निर्मित आईसोलेसन वार्ड निर्माण गराईअस्पताल का मे.सु लाई हस्तान्तरण गरेका छन् ।
Read more: सांसद प्रदीप यादव द्धारा नरानारायणी अस्पताललाई आईसोलेसन वार्ड हस्तान्तरण
नयाँदिल्ली चैत्र २२— भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।
भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए। उनीहरु दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा सहभागी थिए। अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्ला रहेका छन्।
दिल्ली, आन्ध्र प्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान भएका कोरोना संक्रमित सबैजसो तबलिगी भेलाका सहभागी भएको खुले छि भारतको गृहमन्त्रालय र मातहतका निकायले उक्त भेलाका सबै सहभागीहरुको खोजीलाई तीव्रता दिएको थियो। त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो। त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो। कोरोनाको लक्षण देखिएका दुई जना नेपाली र एक श्रीलंकालीलाई भने आइसोलेसनमा राखिएको थियो। र, गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। परीक्षणको रिपोर्ट बिहीबार साँझ आएको हो। जसमा ६६ वर्षीय नेपाली पुरुषको कोभिड–१९ भाइरस देखिएको हो। कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ। र, उनको स्वास्थ्य अवस्था सामान्य रहेको अम्बाला जिल्लाका प्रमुख स्वास्थ्य अधिकृत डा. कुलदिप सिंहले कान्तिपुरलाई जानकारी दिए। ‘अरु कुनै समस्या नभएकाले रिपोर्ट पोजिटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने।
परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना संक्रमण नदेखिएको डा. कुलदिप सिंहले बताए। अम्बाला पुगेका अन्य ६ जना नेपालीको भने परीक्षण हुन बाँकी छ। र, उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य छ। अम्बाला पुगेका आठै जना भेलाका सहभागी सबै जना पर्सा जिल्लाका रहेका छन्।
दुई साताअघि दिल्लीको निजामुद्दिनको बेंगलवाली मस्जिदमा रहेको मरकज –केन्द) मा मुस्लिम धर्मावलम्बीहरुमध्येको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेला (जमात) आयोजना गरिएको थियो। ५ मार्चदेखि १३ मार्चसम्म चलेको उक्त भेलामा भारतीय र विदेशीगरी चार हजारभन्दा बढीको सहभागिता रहेको बताइएको छ। तिनीहरुमध्ये एक हजार पाँच सयभन्दा बढी २४ मार्चअघि नै हिँडिसके पनि देशव्यापी लकडाउनका कारण हजारभन्दा बढी त्यहीँ रोकिएका थिए। तर, भेलामा सहभागी भएकाहरुमध्ये दिल्लीका २४ जनामा कोरोना देखिएपछि स्थानीय प्रशासनले त्यहाँ रहेका सबैलाई बाहिर निकालेको थियो। जसमध्ये एक हजार ८ सय जनालाई क्वारेन्टाइनमा पठाइएको थियो। साथै भारत सरकारले भेलाका स्वदेशी र विदेशी सबै साहभागीको खोजी सुरु गरेको थियो।
भेलामा ठ्याक्कै कति नेपाली सहभागी थिए भन्ने अझै यकिन हुन सकेको छैन। दिल्लीस्थित नेपाली दूतावासले भने भेलामा २० जना नेपाली सहभागी रहेको जनाएको छ। त्यसबाहेक निजामुद्दिनकै मदरसामा अध्ययनरत १३ जना विद्यार्थी भेलामा सहभागी रहेको बताइएको छ। हाल उनीहरु सबैलाई हरियाणाको नरेलामा क्वारेन्टाइनमा राखिएको छ। र, उनीहरुमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन।
तर, अम्बालाको पछिल्लो घटनाले नेपालीहरुको संख्या धेरै हुने देखाएको छ। भारतीय सुरक्षा स्रोतले नेपालीहरुको संख्या प्रस्ट हुन अझै केही दिन लाग्ने बताएका छन्। स्रोतका अनुसार उत्तरप्रदेश र राजस्थानमा पहिचान गरिएका भेलाका सहभागीहरुमध्ये केही नेपाली नागरिक रहेका छन्। तर, तिनीहरुको प्रस्ट विवरण भने आउँन बाँकी रहेको छ। र, भेलाका नेपाली सहभागी पनि अरुसँगै भारतका विभिन्न राज्यमा पुगेको हुनसक्ने भारतीय सुरक्षा स्रोतले दाबी गरेको छ। र, अम्बालाको पछिल्लो घटनाले पनि त्यसलाई केही हदसम्म पुष्टि गर्छ।
विगत केही दिनयता पुष्टि भएका कोरोना केसहरुमध्ये अधिकांशको तार निजामुद्दिन भेला जोडिएकाले नरेन्द्र मोदी सरकारका लागि कोरोना महामारी नियन्त्रण ठूलो टाउको दुखाइ बनेको छ। भारतको स्वास्थ्य मन्त्रालयले हालसम्म पहिचान भएका २ हजार ६ सयभन्दा बढी कोरोना संक्रमितमध्ये ६४७ को सम्बन्ध त्यो भेलासँग जोडिएको दाबी गरेको छ। पछिल्लो चार दिनमा मात्र भारतमा १२ सयभन्दा बढी नयाँ केस देखिएका छन्।
त्यसमध्ये एक चौथाइको केसको तार निजामुद्दिन भेलासँग जोडिएको दाबी भारतीय अधिकारीहरुले गरेका छन्। त्यसैगरी भारतका १८ राज्यहरुमा पहिचान भएका संक्रमितहरुको सम्पर्क दिल्लीको तबलिगी जमातसँग रहेको दाबीसमेत मन्त्रालयको छ। भारतमा हालसम्म कोरोनाका संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ भने १६३ जना उपचारपछि निको भइसकेका छन्।
स्रोत ekantipur
काठमाडौं चैत २२। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ ।
Read more: थप तीन जना कोरोना संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ९ पुग्यो
बिरगंज २२ चैत । बिरगंज नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सासंद अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराएका छन् ।
Read more: बिरगंजको नारायणी अस्पताललाई नेता अनिल रुगंटाद्वारा उपकरण सहयोग
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५